Kathmandu Press

कोशी अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

विराटनगर, असोज २९ : कोरोना भाइरसको संक्रमणबाट कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा दुई जनाको मृत्यु भएको छ।अस्पतालमा उपचाररत एक जनाको आज बिहान...
कोशी अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

विराटनगर, असोज २९ : कोरोना भाइरसको संक्रमणबाट कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा दुई जनाको मृत्यु भएको छ।

अस्पतालमा उपचाररत एक जनाको आज बिहान र एक जनाको गएराति मृत्यु भएको केन्द्रका प्रमुख व्यवस्थापक ज्ञानबहादुर बस्नेतले बताए। उनका अनुसार आज बिहान विराटनगर महानगरपालिका–५ का ५० वर्षीय पुरुषको मृत्यु भएको हो।

उनलाई असोज २१ गते कोरोना संक्रमण देखिएको थियो। त्यहि दिन अस्पताल भर्ना भएका उनलाई उच्चरक्तचाप, मधुमेह र पिसाबसम्बन्धी समस्या रहेका थिए।

त्यस्तै, सुनसरीको धरान–१५ का ६६ वर्षीय बृद्धको गएराति उपचारका क्रममा मृत्यु भएको हो। उनलाई असोज २६ गते कोरोना संक्रमण देखिएको थियो।

श्वासप्रश्वासको समस्या भएपछि बुधबार बिहान अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा गएराति नै मृत्यु भएको बस्नेतले बताए। उनलाई मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोलको समस्या रहेको थियो।

प्रकाशित मिति: १६:१० बजे, बिहीबार, असोज २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्