Kathmandu Press

भेन्टिलेटरमा उपचाररत ७० वर्षीया बृद्धाको कोरोनाबाट मृत्यु

बुटवल, असोज २९ : कोरोना भाइरसको संक्रमणबाट बुटवलमा एक जना बृद्धाको मृत्यु भएको छ।रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान बुटवल–७ की ७०...
भेन्टिलेटरमा उपचाररत ७० वर्षीया बृद्धाको कोरोनाबाट मृत्यु

बुटवल, असोज २९ : कोरोना भाइरसको संक्रमणबाट बुटवलमा एक जना बृद्धाको मृत्यु भएको छ।

रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान बुटवल–७ की ७० वर्षीया बृद्धाको मृत्यु भएको हो। उपचारका क्रममा आज बिहान ९ः१५ बजे उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए।

उनलाई असोज २१ गते कोरोना संक्रमण देखिएको थियो। श्वासप्रश्वासमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

उनलाई उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या रहेको अस्पताल सूचना अधिकारी डा. गौतमले बताए। योसँगै बुटवल अस्पतालमा कोरोनाले मृत्यु हुनेको संख्या ३२ पुगेको छ।

प्रकाशित मिति: १५:५७ बजे, बिहीबार, असोज २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्