Kathmandu Press

ललितपुरमा कोरोना संक्रमणबाट ८५ वर्षीय बृद्धको मृत्यु

काठमाडौं, असोज २९ : कोरोना भाइरसको संक्रमणबाट ललितपुरमा एक जना बृद्धको मृत्यु भएको छ।ललितपुरको किस्ट अस्पतालमा उपचाररत इमाडोलका ८५ वर्षीय बृद्धको मृत्यु भएको...
ललितपुरमा कोरोना संक्रमणबाट ८५ वर्षीय बृद्धको मृत्यु

काठमाडौं, असोज २९ : कोरोना भाइरसको संक्रमणबाट ललितपुरमा एक जना बृद्धको मृत्यु भएको छ।

ललितपुरको किस्ट अस्पतालमा उपचाररत इमाडोलका ८५ वर्षीय बृद्धको मृत्यु भएको किस्ट अस्पतालले जनाएका छन्। अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार उनको उपचारका क्रममा आज बिहान ३ बजे मृत्यु भएको हो।

स्वास्थ्यमा समस्या आएपछि उनलाई असोज २० गते अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा उनको स्वाब परीक्षण गर्दा असोज २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

उनलाई श्वासप्रश्वासमा समस्या रहेको थियो। त्यस्तै, छातीसम्बन्धी रोगबाट पीडित रहेको अस्पतालले जनाएको छ।

प्रकाशित मिति: १५:३० बजे, बिहीबार, असोज २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्