Kathmandu Press

गण्डकी प्रदेशमा थपिए ९७ जना कोरोना संक्रमित 

काठमाडौं, असोज २९ : गण्डकी प्रदेशका ५ जिल्लामा बिहिबार बिहान नयाँ ९७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशद्वारा जारी गरिएको विज्ञप्तिमा...
गण्डकी प्रदेशमा थपिए ९७ जना कोरोना संक्रमित 

काठमाडौं, असोज २९ : गण्डकी प्रदेशका ५ जिल्लामा बिहिबार बिहान नयाँ ९७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।

 स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशद्वारा जारी गरिएको विज्ञप्तिमा क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा उनीहरूमा सङ्क्रमण रहेको पुष्टि भएको हो।

संक्रमित ९७ मध्ये कास्कीका ३० जना, गोरखाका ७ जना, नवलपरासी वर्दघाट सुस्ता पूर्वका ६ जना, लमजुङका ३ जना र बाग्लुङका ५१ जना रहेका छन् । यो सँगै प्रदेशमा संक्रमितहरुको सङ्ख्या पाँच हजार दुई सय ८४ पुगेको छ।

निर्देशनालयका अनुसार पोखरा महानगरपालिकाका आठ जनाको चरक मेमोरियल अस्पताल र गण्डकी मेडिकल कलेजमा कोरोना परीक्षणको लागि आएकाहरू हुन्। अन्य सबैमा कन्ट्र्याक्ट ट्रेसिङको क्रममा पुष्टि भएको हो।

प्रकाशित मिति: १४:०७ बजे, बिहीबार, असोज २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्