Kathmandu Press

सूचना तथा प्रसारण विभागका सेवाहरु स्थगित

सूचना तथा प्रसारण विभागका सेवाहरु स्थगित

काठमाडौं, असोज २९ : कोरोना भाइरसको संक्रमणको जोखिम वढेको भन्दै सूचना तथा प्रसारण विभागबाट दिइँदै आएका सेवाहरु स्थगित गरिएको छ ।

विभागमा कार्यरत एक जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको र अन्य तीन जना कर्मचारीहरू आइसोलेसनमा बसेकाले सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै तत्कालको लागि सेवा बन्द गरिएको विभागले जनाएको छ ।

विभागद्वारा जारी सूचनामा भनिएको छ, ‘प्रेस पास वितरण तथा नवीकरण, अनलाइन दर्ता तथा नवीकरण, रेडियो टिभी सम्बन्धी सम्पूर्ण कामहरू र विदेशी पत्रकारहरूको भीषा सिफारिस सम्बन्धी कामहरू अर्को सूचना जारी नभए सम्मको लागि बन्द गरेको छ ।’

यसैगरी विज्ञापन रहित प्रसारण सम्बन्धी काम भने नियमित रूपमा सञ्चालन हुने विभागले जनाएको छ ।

प्रकाशित मिति: १३:१२ बजे, बिहीबार, असोज २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्