तेह्रथुमका ४९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु
काठमाडौं, असोज २९ : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सीमा तेह्रथुमका ४९ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। बुधबार राति ७...
काठमाडौं, असोज २९ : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सीमा तेह्रथुमका ४९ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। बुधबार राति ७ बजे दाङका १ का संक्रमितको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।
मृतक धनकुटा जिल्ला अस्पतालबाट रिफर भई प्रतिष्ठानमा उपचार गर्न आएका थिए। उनमा निमोनियाको समस्या रहेको थियो । प्रतिष्ठानको इमर्जेन्सीमा २५ गते भर्ना गरिएका उनलाई २६ गते कोरोना पुष्टि भएको थियो।
अहिलेसम्म विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५४ पुगेको छ।
प्रकाशित मिति: १३:०२ बजे, बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











