भारतमा कोरोना संक्रमितको संख्या ७३ लाख नाघ्यो
काठमाडौं, असोज २९ : भारतमा कोरोना संक्रमितको संख्या ७३ लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा ६७ हजार ९८८ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको...
काठमाडौं, असोज २९ : भारतमा कोरोना संक्रमितको संख्या ७३ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा ६७ हजार ९८८ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७३ लाख ५ हजार ७० पुगेको हो । संक्रमितमध्ये अहिलेसम्म ६३ लाख ८० हजार ४५६ जना संक्रमणमुक्त भएका छन् ।
८ लाख १३ हजार ३०३ जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ११ हजार ३११ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ६९४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
प्रकाशित मिति: १२:४० बजे, बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











