Kathmandu Press

मन्त्रिपरिषद् पुनर्गठनमा प्रचण्ड असन्तुष्ट

काठमाडौं, असोज २८ : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेरमा असन्तुष्ट देखिएका छन्।मन्त्रिपरिषदमा सहभागी अनुहारप्रति कुनै टिप्पणी नरहेपनि...
मन्त्रिपरिषद् पुनर्गठनमा प्रचण्ड असन्तुष्ट

काठमाडौं, असोज २८ : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेरमा असन्तुष्ट देखिएका छन्।

मन्त्रिपरिषदमा सहभागी अनुहारप्रति कुनै टिप्पणी नरहेपनि सहमतिमार्फत मन्त्रिपरिषद् हेरफेर गर्ने कुरामा प्रधानमन्त्री ओलीले उल्लंघन गरेको प्रचण्डको बुझाई रहेको उनी निकट एक नेताले भने। ‘आफूखुशी गर्ने भए संवादको अर्थ बेकार थियो भन्ने प्रचण्डको मनस्थिति छ’ ती नेताले भने।

मन्त्रिपरिषद्मा ओलीनिकट नेताहरूले नै प्राथामिकता पाएका छन्।

सबैलाई राजीनामा गराएर मन्त्रिपरिषद् विस्तार गर्ने प्रचण्डको प्रस्ताव अस्वीकार गर्दै प्रधानमन्त्री ओलीले खाली रहेका मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गरेपछि प्रचण्ड असन्तुष्ट देखिएका हुन्।

केही दिनयता ओली र प्रचण्डबीच दशैं अघि वा पछि  सबैलाई राजीनामा गराएर नयाँसहित पूनर्गठन गर्ने विषयमा निरन्तर संवाद भएको थियो।

प्रचण्डले अधिकांशलाई राजीनामा गराउने र समावेश गराउनैपर्नेलाई कायम राख्नुपर्ने अडान राख्दै आएका थिए।

प्रकाशित मिति: ०१:०९ बजे, बिहीबार, असोज २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्