Kathmandu Press

कोरोना संक्रमणबाट काभ्रेमा थप एकको मृत्यु

काभ्रेपलाञ्चोक, असोज २८ : कोरोना संक्रमणबाट काभ्रेको बेथानचोक गाउँपालिकाका एक वृद्धाको आज मृत्यु भएको छ। ७५ वर्षीया  वृद्धाको वनेपास्थित शिर मेमोरिय अस्पतालमा उपचारका...
कोरोना संक्रमणबाट काभ्रेमा थप एकको मृत्यु

काभ्रेपलाञ्चोक, असोज २८ : कोरोना संक्रमणबाट काभ्रेको बेथानचोक गाउँपालिकाका एक वृद्धाको आज मृत्यु भएको छ। ७५ वर्षीया  वृद्धाको वनेपास्थित शिर मेमोरिय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ।

योसँगै काभ्रेमा हालसम्म पाँच पुरुष र पाँच महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। 

जिल्लामा कोरोना भाइरस् संक्रमितको संख्या दैनिक ४० को हाराहारिमा पुगेको छ। आज जिल्लामा ४० सङ्क्रमित थपिएका छन्। पोष्टका अनुसार मंगलबार ५८ थिए भने सोमबार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आजसम्म काभ्रेमा कोरोना संक्रमितको संख्या एक हजार १३६ पुगेको छ जसमध्ये ४२३ महिला र ६९२ पुरुष रहेका छन्। कूल सक्रिय सङ्क्रमितमध्ये ३५ प्रतिशत वनेपा नगरभित्र मात्रै छन्।

प्रकाशित मिति: ००:४९ बजे, बिहीबार, असोज २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्