Kathmandu Press

नवनियुक्त तीन मन्त्रीहरुले भोलि बिहान पद तथा गोपनीयताको सपथ लिने 

नवनियुक्त तीन मन्त्रीहरुले भोलि बिहान पद तथा गोपनीयताको सपथ लिने 

काठमाडौं, असोज २८ : नवनियुक्त तीन जना मन्त्रीहरूले बिहीबार पद तथा गोपनीयताको सपथ लिने भएका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ गरेका मन्त्रिमण्डल हेरफेरपछि नबनियुक्त भएका तीन मन्त्रीहरुले बिहीबार बिहान साढे ११ बजे राष्ट्रपति भवन शितलनिवासमा सपथ लिने भएका हुन्। 

प्रधानमन्त्री ओलीले नेकपा महासचिव बिष्णु पौडेललाई अर्थ, काठमाडौंका सांसद कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास र सिरहाका सांसद लीलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा  जेष्ठ नागरिक मन्त्री नियुक्त गरेका छन्। 

उनले रक्षा मन्त्रालय ईश्वर पोखरेलबाट खोसेर आफैंसँग राखेका छन् भने पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानेका छन्। 

प्रकाशित मिति: ००:२८ बजे, बिहीबार, असोज २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्