अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त, ईश्वर पोखरेलको मन्त्रालय खोसेर प्रधानमन्त्री कार्यालयमा
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै नेकपा महासचिव विष्णु पौडेललाई अर्थमन्त्री नियुक्त गरेका छन् । १२ औ पटक मन्त्रिपरिषद् गठन गरेका ओलीले अर्थमन्त्रालयको जिम्मेवारी पौडेललाई दिएका छन्।
काठमाडौं, असोज २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै नेकपा महासचिव विष्णु पौडेललाई अर्थमन्त्री नियुक्त गरेका छन् । १२ औ पटक मन्त्रिपरिषद् गठन गरेका ओलीले अर्थमन्त्रालयको जिम्मेवारी पौडेललाई दिएका छन्।
प्रधानमन्त्री ओलीले उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलको मन्त्रालय खोसेर प्रधानमन्त्री कार्यालयमा राखेका छन्। रक्षा मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री ओलीले आफैल लिएका छन्।
यस्तै सहरी विकास मन्त्रालयको जिम्मेवारी काठमाडौंका कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका मन्त्रालयको जिम्मेवारी सिराहका लिलानाथ श्रेष्ठलाई दिएको छ। यस्तै ओलीले एक मन्त्रीको जिम्मेवारी समेत हेरफेर गरेका छन्। महिला बालबालिका मन्त्री पार्वत गुरुङको जिम्मेवारी हेरफेर गरिएको हो। गुरुङलाई सुचना तथा संचार मन्त्रालयको जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तीमा उल्खेछ।












