Kathmandu Press

बाबुरामलाई नेकपाको चुनौती- बूढीगण्डकीबाट ओली र प्रचण्डले अर्बौं घुस लिएको भए प्रमाण देऊ 

प्रवक्ता श्रेष्ठले अध्यक्षद्वय ओली र प्रचण्डले बूढीगण्डकी परियोजनाबाट अर्बौ घुस खाएको प्रमाण भए सार्वजनिक रुपमा र राज्यको सम्बन्धित आधिकारिक निकायमा पेश गर्न चुनौती पनि दिएका छन्। 
बाबुरामलाई नेकपाको चुनौती- बूढीगण्डकीबाट ओली र प्रचण्डले अर्बौं घुस लिएको भए प्रमाण देऊ 

काठमाडौं, असोज २८  : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बूढीगण्डकी जलविद्युत परियोजनामा आफ्ना अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अर्बौ घुस खाएको भन्ने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको अभिव्यक्ति आधारहीन, झुठ, गलत, कपोलकल्पित एवं दूरासयपूर्ण भएको टिप्पणी गरेको छ।

प्रवक्ता नारायाणकाजी श्रेष्ठले बुधबार विज्ञप्ति जारी गरी पूर्वप्रधानमन्त्री भट्टराईको अभिव्यक्ति आधारहीन, झुठ, गलत, कपोलकल्पित एवं दूरासयपूर्ण रहेकाले बताएका हुन्।  श्रेष्ठले अध्यक्षद्वय ओली र प्रचण्डले बूढीगण्डकी परियोजनाबाट अर्बौं घुस खाएको प्रमाण भए सार्वजनिक रुपमा र राज्यको सम्बन्धित आधिकारिक निकायमा पेश गर्न चुनौती पनि दिएका छन्। 

‘हामी त्यससँग सम्बन्धित तथाकथित कुनै प्रमाण भए सार्वजनिक रुपमा र राज्यको सम्बन्धित आधिकारिक निकायमा पेश गर्न चुनौती दिन्छौँ,’ विज्ञप्तिमा भनिएको छ। यद्यपी त्यस प्रकारको कृत्रिम आरोपको तथाकथित प्रमाणको हौवा भ्रमको खेती मात्र हो भन्ने स्पष्ट नै छ। तसर्थ राज्यको गरिमामय उच्च पद सम्हालिसकेका व्यक्तिबाट प्रचारित यस प्रकारको आपत्तिजनक एवं गैरजिम्मेवार अभिव्यक्तिका निम्ति सार्वजनिक क्षमायाचना हुनुपर्दछ।’ 

यसअघि डा. भट्टराईले केही दिनअघि गृहजिल्ला गोरखामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ घुस लिएको प्रमाण आफूसँग रहेको अभिव्यक्ति दिएका थिए।

हेर्नुस् विज्ञप्ति :


 

प्रकाशित मिति: २३:१८ बजे, बुधबार, असोज २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्