कोरोना संक्रमणबाट तनहुँमा एकै परिवारका तीन जनाको मृत्यु
दमाैली, असोज २८ : कोरोना भाइरसको संक्रमणबाट तनहुँको भीमाद नगरपालिकाका एकै परिवारका तीन जनाको मृत्यु भएको छ।कोरोना संक्रमणबाट भीमाद नगरपालिका–६ का ९८, ७५...
दमाैली, असोज २८ : कोरोना भाइरसको संक्रमणबाट तनहुँको भीमाद नगरपालिकाका एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
कोरोना संक्रमणबाट भीमाद नगरपालिका–६ का ९८, ७५ र ७२ वर्षीय पुरुषको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
९८ वर्षीय पुरुषको काठमाडौँस्थित मेडिसिटी अस्पतालमा असोज २५ गते, ७५ वर्षीय पुरुषको काठमाडौँस्थित वीएण्डवी अस्पतालमा असोज २४ गते र ७२ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा असोज १९ गते मृत्यु भएको हो।
९८ वर्षीय बाबु बिरामी परेपछि चितवन लगिएपनि पछि थप उपचारका लागि उनलाई काठमाडौं लगिएको थियो। उपचारका क्रममा उनमा कोरोना पुष्टि भएपछि परीक्षण गराउँदा बुबाको स्यहारसुसारमा खटिएका दुई छोरालाई पनि कोरोना देखिएको थियो।
योसँगै तनहुँमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ।
प्रकाशित मिति: २१:२९ बजे, बुधबार, असोज २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











