Kathmandu Press

कर्णाली प्रदेशको विवादबारे अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल

काठमाडौं, असोज २८ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल...
कर्णाली प्रदेशको विवादबारे अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड। फाइल तस्वीर।

काठमाडौं, असोज २८ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ। 

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्षद्वय ओली र प्रचण्डबीच दुई घण्टा छलफल भएको हो। अध्यक्षद्वय ओली र प्रचण्डबीचको भेटमा कर्णाली प्रदेशमा देखिएको विवादका विषयमा कुराकानी भएको थियो। 

कर्णाली प्रदेशमा देखिएको विवादकै विषयमा दुई अध्यक्षबीच छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। ‘दुई अध्यक्षबीच कर्णालीको विवाद समाधान गर्ने विषयमा छलफल भयो,’ स्रोतले भन्यो,‘ तर, ठोस् निष्कर्ष भने निस्किएको छैन।’

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध पार्टीकै नेताहरुले अविश्वासको प्रस्ताव दर्ता गरेपछि कर्णाली प्रदेशमा विवाद उत्पन्न भएको छ। अध्यक्ष ओली निकट सांसद यमलाल कँडेलको नेतृत्वमा कर्णाली प्रदेशसभाका १८ जना सदस्यले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव संसदीय दलमा दर्ता गराएका थिए।

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका ७ जना सांसद पछि हटेपछि तत्कालका लागि मुख्यमन्त्री शाहीको पद जोगिएको छ। 

विवाद उत्कर्षमा पुगेपछि अध्यक्षद्वय ओली र प्रचण्डले कर्णाली प्रदेशका पदाधिकारीहरुलाई बिहीबार काठमाडौं बोलाएका छन्। 
कर्णाली प्रदेशका पदाधिकारीहरुसँग भोलि (बिहीबार) अध्यक्षद्वयले छलफल गरेर विवाद सुल्झाउने बालुवाटार स्रोतको दाबी छ। 
 

प्रकाशित मिति: २१:०८ बजे, बुधबार, असोज २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्