Kathmandu Press

वीपी स्वास्थ्य प्रतिष्ठानमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु

विराटनगर, असोज २८ : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ।बुधबार बिहान ४ बजे इटहरी-६ की ६० वर्षीया महिला...
वीपी स्वास्थ्य प्रतिष्ठानमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु

विराटनगर, असोज २८ : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ।

बुधबार बिहान ४ बजे इटहरी-६ की ६० वर्षीया महिला र मंगलबार राति मोरङको बेलबारी १० का ३७ वर्षीय युवकको प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार ती महिला यही असोज २४ गते प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना भएकी थिइन्। सोही दिन उनलाई कोरोना पोजेटिभ पुष्टि भएको थियो। उनी मधुमेहको बिमारी भएको बताइएको छ।

यता ३७ वर्षीय युवकलाई भने असोज २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो। मंगलबार अपराह्न मात्र उनलाई प्रतिष्ठानमा भर्ना गरिएको थियो। कुनै दीर्घरोग नभएका ती युवकलाई श्वासप्रश्वासमा समस्या भएर अस्पताल ल्याइएको सहप्रवक्ता श्रेष्ठले जानकारी दिए। 

उनको शव नेपाली सेनाले व्यवस्थापन गरिरहेको प्रतिष्ठानले जनाएको छ। योसँगै प्रतिष्ठानमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ५३ पुगेको छ। 

प्रकाशित मिति: १९:१६ बजे, बुधबार, असोज २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्