के कोरोना संक्रमितको ज्यान बीसीजी खोपले बचाउन सक्छ?
यूनिभर्सिटी अफ एक्सेटरमा चलिरहेको भ्याक्सिनको ट्रायलमा करिब १ हजार मानिसले भाग लिनेछन्। यो भ्याक्सिन सन् १९२१ मा विकसित गरिएको थियो। यसलाई टिबीको रोकथामका लागि तयार गरिएको थियो।
काठमाडौं, असोज २८ : ब्रिटेनमा वैज्ञानिकहरुले बीसीजी भ्याक्सिनका सहयोगले कोरोना संक्रमितको ज्यान बचाउन सकिने विषयमा परीक्षण सुरु गरेका छन्।
यूनिभर्सिटी अफ एक्सेटरमा चलिरहेको भ्याक्सिनको ट्रायलमा करिब १ हजार मानिसले भाग लिनेछन्। यो भ्याक्सिन सन् १९२१ मा विकसित गरिएको थियो। यसलाई टिबीको रोकथामका लागि तयार गरिएको थियो। यद्यपी यो भ्याक्सिनले अन्य संक्रामक रोगका बिरामीलाई बचाउन सक्ने क्षमता रहेको प्रमाणसमेत फेला परेको छ।
लाखौं मानिहरुले बाल्यकालमा यो खोप लिएका छन्। तर पनि उनीहरुले यो खोप लिनुपर्ने हुन्छ। यो भ्याक्सिनलाई शरिरको इम्युन सिस्टम अर्थात प्रतिरोधी क्षमतालाई खास संक्रमणबाट बचाउनका लागि तयार गरिएको हो। यद्यपी यसको इम्युन सिस्टममा यती ठूलो प्रभाव पर्छ की त्यसलाई हेर्दा अन्य संक्रामक रोगबाट समेत हाम्रो शरिरलाई बचाउन सकिन्छ। कोरोना भाइरसको संक्रमणका लागि समेत यो प्रभावकारी सावित हुन सक्छ।
बीसीजीको असर
यो भन्दा पहिला भएको क्लिनिकल ट्रायलमा यो पत्ता लागेको छ की बीसीजी खोप पश्चिम अफ्रिकाको देश गिनी बिसाउमा नवजात शिशुको मृत्युदर ३८ प्रतिशतसम्म कम गर्न सफल भएको छ। मृत्युदर आएको यो कमी बीसीजी खोपका कारण निमोनिया र सेप्सीसको समस्या कम हुँदाको परिणाम हो।
दक्षिण अफ्रिकामा यो खोपसँग जोडिएका अध्ययनबाट पत्ता लागेको छ की यसको असरका कारण नाक, घाँटी र फोक्सोको संक्रमणमा ७३ प्रतिशतले कमी आएको थियो। नेदरल्यान्डमा बीसीजीका कारण एल्लो फिवर भाइरस शरिरमा कम भएको प्रमाण फेला परेको छ।
यूनिभर्सिटी अफ एक्सेटरका मेडिकल स्कुलका प्रोफेसर जोन केन्पबेलले बीबीसीसँग भनेका छन्,‘विश्वका लागि यो निकै महत्वपूर्ण हुन सक्छ। भलै हामीलाई लाग्छ की बीसीजीले कोरोनाविरुद्ध प्रभावकारी काम गर्न सक्दैन। तर यो जबसम्म कोभिडको भ्याक्सिन बन्दैन वा कोरोनाको उपचार पद्धती फेला पर्दैन तबसम्मका लागि राहत दिने खोप साबित हुन सक्छ।’
बीसीजीलाई लिएर ब्रिटेनमा चलिरहेको ट्रायल एक अन्तर्राष्ट्रिय अध्ययनको हिस्सा हो। अष्ट्रेलिया, नेदरल्यान्ड, स्पेन र ब्राजिल जस्ता देशमासमेत १ हजार मानिसले यो ट्रायलमा भाग लिनेछन्। ट्रायलको समयमा स्वास्थ्यकर्मी र रेखदेखमा ती मानिसलाई विशेषरुपमा ध्यानमा राखिएको छ, जसमा कोरोना भाइरस संक्रमण हुने आशंका सबैभन्दा धेरै छ। सोही कारण यो भ्याक्सिन प्रभावकारी भयो भने अनुसन्धानकर्तालाई यसको असरका बारेमा तुरुन्तै थाहा हुनेछ। एक्सेटरा डा. सेम हिल्टनले समेत ट्रायलमा भाग लिइरहेका छन् किनकी उनलाई कोरोना हुने सम्भावना अन्य मानिसलाई भन्दा धेरै छ।
उनले बीबीसीसँग भनेका छन्, ‘बीसीजीले कोरोना संक्रमण भएका बेला मानिसलाई धेरै बिरामी हुन नदिने सम्भावना प्रवल देखिन्छ। त्यसैले म यसलाई मानिसका लागि एक बचाउकोरुपमा हेरिरहेको छु।’
विश्व स्वास्थ्य संगठनका प्रमुख डाक्टर टेड्रोस एडनोम ग्रेबियेससले लेन्सेटमा लेख लेखेका छन्। जसमा उनले बीसीजी भ्याक्सिनको क्षमता कोरोनाको भ्याक्सिन पत्ता नलाग्दा सम्म यसको असर कम गर्ने उपायकारुपमा यसलाई प्रयोग गर्न सकिने बताएका छन्। कोरोना र भविष्यमा आउने अन्य महामारीसँग लड्न बीसीजी भ्याक्सिन प्रभावकारी हुने उनले लेखेका छन्।
तर पनि बीसीजी लामो समयका लागि कुनै समधान भने होइन। ब्रिटेनमा सन् २००५ पछि पहिलो पटक बीसीजी खोपको प्रयोग नियमितरुपमा भएको छैन। किनकी ब्रिटेनमा टिबी रोगीको संख्या निकै कम छ। यसका साथै यो भ्याक्सिनले इम्युन सिस्टमलाई एन्टिबडी र सेता रक्तकोषको विकासमा सहयोग गर्दैन। जबकी यी दुवै कोरोना भाइरससँग लड्न प्रभावकारी मानिन्छन्।
अहिले कोरोनासँग सिधै लड्न सक्ने भ्याक्सिनको खोजी भइरहेको छ। विभिन्न १० देश अहिले भ्याक्सिनको क्लिनिकल रिसर्चको अन्तिम चरणमा छन्। यसै मध्येको एक भ्याक्सिन युनिभर्सिटी अफ अक्सफोर्डले तयार गरेको छ। अक्सफोर्ड भ्याक्सिन ग्रुपका प्रोफेसर एन्ड्रयू पोलार्डले बीबीसीसँग भनेका छन्, ‘अधिकांश भ्याक्सिन यसरी तयार गरिन्छ की त्यो सोही रोगाणुका लागि तयार होस्। त्यसकाविरुद्ध इम्युन सिस्टमलाई बलियो बनाओस्। तर एक राम्रो इम्युन सिस्टम तयार गर्नका लागि त्यो विशेष रोगाणुका साथै अन्य रोगाणुसँग जुध्न सक्ने क्षमता विकसित गर्नुपर्छ। ताकी भविष्यमा समेत यो प्रभावकारी होस्। तर अहिले अन्य भ्याक्सिनको प्रयोगले कोरोनासँग बचाउन सक्छ की सक्दैन भन्नेबारे भन्न सक्दैनौं। किनकी हामीसँग यसको कुनै प्रमाण छैन।’











