Kathmandu Press

सप्तरीमा तस्करको समूह र प्रहरीबीचको झडप, दुई प्रहरी घाइते

काठमाडौं, असोज २८ : सप्तरीमा भन्सार छलेर सामान ल्याउने समूह र प्रहरीबीच झडप भएको छ। राजविराज नगरपालिका १३ मुसहर्नियाँमा मंगलबार राति प्रहरी र...
सप्तरीमा तस्करको समूह र प्रहरीबीचको झडप, दुई प्रहरी घाइते

काठमाडौं, असोज २८ : सप्तरीमा भन्सार छलेर सामान ल्याउने समूह र प्रहरीबीच झडप भएको छ। राजविराज नगरपालिका १३ मुसहर्नियाँमा मंगलबार राति प्रहरी र तस्कर समूहबीच झडप भएको हो।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायरसमेत गरेको छ।

भन्सार छलेर सामान ल्याउँदै गरेको तस्करलाई प्रहरीले घेरा हाल्दा तस्करको समूहले स्थानीयलाई बोलाएका थिए। घरेलु हतियारसहित आएका स्थानीय प्रहरीमाथि खनिएपछि झडपको स्थिती सृजना भएको थियो।

झडपमा परी घरेलु हतियार प्रहारबाट प्रहरी हबल्दार कमलदेव यादव र प्रहरी जवान दीपेन्द्र साह घाइते भएका छन्। उनीहरु  दुवै जनाको टाउकोमा चोट लागेको छ।

झण्डै ७० जना स्थानीयले प्रहरीमाथि आक्रमण गरेपछि चार राउण्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ। त्यसै बीचमा तस्करहरु सामानसहित फरार भएका छन्।

प्रकाशित मिति: १८:१० बजे, बुधबार, असोज २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्