पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु
काठमाडौं, असोज २८ : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। स्याङ्जा भीरकोट २ की ५२ वर्षीया महिलाको आज बिहान...
काठमाडौं, असोज २८ : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
स्याङ्जा भीरकोट-२ की ५२ वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको हो। उनमा कोभिडसँगै थाइराइड र उच्च रक्तचापको समस्या रहेको प्रतिष्ठानले जनाएको छ।
असोज २६ गते प्रतिष्ठान भर्ना भएकी महिलाको आइसीयूमा उपचार भइरहेको थियो। योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ।
प्रकाशित मिति: १७:५९ बजे, बुधबार, असोज २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1791956922.jpg)




-1791956922.jpg)

