Kathmandu Press

काठमाडौंको मैतिदेवी मन्दिर घटस्थापनाको दिनदेखि खुल्ला हुने

काठमाडौं, असोज २८ : काठमाडौं उपत्यकाको शक्तिपिठहरुमध्ये मैतीदेवी मन्दिर घटस्थापनाको दिनदेखि खुल्ने भएको छ। कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द रहेको मन्दिर कार्तिक...
काठमाडौंको मैतिदेवी मन्दिर घटस्थापनाको दिनदेखि खुल्ला हुने

काठमाडौं, असोज २८ : काठमाडौं उपत्यकाको शक्तिपिठहरुमध्ये मैतीदेवी मन्दिर घटस्थापनाको दिनदेखि खुल्ने भएको छ। कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द रहेको मन्दिर कार्तिक १ गतेदेखि खुल्ने भएको हो।

दशैंको समयमा विभिन्न गुठियारहरुको विशेष पूजा हुने र जात्रासमेत निकाल्नुपर्ने प्रचलन रहेकाले मन्दिर खुला गर्न लागिएको मैतिदेवी मन्दिर क्षेत्र प्रवन्ध समितिले जनाएको छ।

संक्रमणको डरको कारण सरकारले अन्य धेरै क्षेत्र खुल्ला गरेपनि शक्तिपिठहरु खोल्ने कि नखोल्ने भन्ने निर्णय गरिसकेको छैन।

काठमाडौं उपत्यकाका शक्तिपिठ भनेर गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभा भगवती, बंगलामुखी, मैतिदेवी लगायतलाई चिनिन्छ।

प्रकाशित मिति: १७:३३ बजे, बुधबार, असोज २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्