लाेकसेवाले माग्याे ६३८ सहसचिव र उपसचिव (सूचनासहित)
काठमाडौं, असोज २८ : लोकसेवा आयोगले सहसचिव र उपसचिव पदका लागि विज्ञापन खोलेको छ।बुधबार आयोगले सूचना प्रकाशित गरि एक सय ८२ सहसचिव र...
काठमाडौं, असोज २८ : लोकसेवा आयोगले सहसचिव र उपसचिव पदका लागि विज्ञापन खोलेको छ।
बुधबार आयोगले सूचना प्रकाशित गरि एक सय ८२ सहसचिव र चार सय ५६ उपसचिवका लागि विज्ञापन खोलेको हो। उपसचिव बढुवा तीन सय ८४ र खुल्ला ७२ जना गरी जम्मा चार सय ५६ जना माग गरिएको छ।
जसमध्ये निजामतितर्फ बढुवा दुई सय ६६ र खुल्ला २७ जना रहेका छन्। यसैगरि, संसद्तर्फ १६ बढुवा र दुई खुल्लामा गरी १८ जना तथा स्वास्थ्यतर्फ बढुवा एक सय दुई जना र ४३ जना खुल्ला गरी एक सय ४५ जनाका लागि विज्ञापन खोलिएको छ।
त्यस्तै, सहसचिवतर्फ एक सय ६३ जना बढुवा र १९ जना खुल्लातर्फका लागि विज्ञापन गरिएको छ। यसमध्ये निजामतितर्फ बढुवा ९५ जना र खुल्ला १० जना, संसदतर्फ बढुवा तीन जना तथा स्वास्थ्यतर्फ ६५ जना बढुवा र नौ जना खुल्ला गरी ७४ जनाका लागि विज्ञापन गरिएको छ।
यसका लागि कात्तिक १८ गतेसम्म आवेदन दिने म्याद तोकिएको छ। आवेदन अनलाइनमाफर्त पनि दिन सकिनेछ। यसका लागि आयोगको वेबसाइटमै व्यवस्था गरिएको छ।
सहसचिव र उपसचिवको विज्ञापनः











