Kathmandu Press

अस्पताल लग्दै गर्दा कोरोना संक्रमितको बाटोमै मृत्यु

बुटवल, असोज २८ : अस्पताल लग्दै गर्दा नवलपरासी पश्चिमका एक कोरोना भाइरस संक्रमितको बाटोमै मृत्यु भएको छ।नवलपरासी पश्चिमको सुनवल–४ का ७७ वर्षीय बृद्धको...
अस्पताल लग्दै गर्दा कोरोना संक्रमितको बाटोमै मृत्यु

बुटवल, असोज २८ : अस्पताल लग्दै गर्दा नवलपरासी पश्चिमका एक कोरोना भाइरस संक्रमितको बाटोमै मृत्यु भएको छ।

नवलपरासी पश्चिमको सुनवल–४ का ७७ वर्षीय बृद्धको आज बिहान बाटोमै मृत्यु भएको हो। उनलाई बुटवलस्थित कोरोना विशेष अस्पताल लग्न लागिएको थियो।

स्वास्थ्यमा समस्या भएपछि उनलाई असोज २५ गते बुटवलको चौराहा अस्पतालमा भर्ना गरिएको थियो। चौराहा अस्पताले २६ गते लुम्बिनी प्रादेशिक अस्पताल रिफर गरेको थियो।

लुम्बिनी अस्पतालमा कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको थियो। उनको फिभर क्लिनिकमा उपचार भइरहेको थियो।

गएराति एकाएक स्वास्थ्यमा थप समस्या आएपछि कोरोना विशेष असस्पताल लगिएको थियो। तर, अस्पताल नपुग्दै बाटोमा मृत्यु भएको बुटवल कोरोना विशेष अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए।

उनी मुटुसम्बन्धी रोगबाट पीडित थिए। कोरोनाका कारण श्वासप्रश्वासमा पनि समस्या आएको थियो।

प्रकाशित मिति: १५:३१ बजे, बुधबार, असोज २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्