मोरङमा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं, असोज २८ : मोरङमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । बूढीगंगा गाउँपालिका–३ बाँसबारीका ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।
विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचारका क्रममा ६० वर्षीय पुरुषको बुधबार बिहान १२ः२० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । ती पुरूषलाई असोज १५ गते कोरोना पुष्टि भएको थियो ।
पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि त्यही दिन आइसोलेसनमा भर्ना गरिएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।
प्रकाशित मिति: १४:१७ बजे, बुधबार, असोज २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











