जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द
काठमाडौं, असोज २८ : काठमाडौं जिल्ला प्रशासन कार्यालयले अर्को सूचना नआएसम्मका लागि भन्दै अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेको छ ।जिल्ला प्रशासन कार्यालयले...
काठमाडौं, असोज २८ : काठमाडौं जिल्ला प्रशासन कार्यालयले अर्को सूचना नआएसम्मका लागि भन्दै अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै संक्रमणको जोखिम बढेसँगै कार्यालयमा कार्यरत चारजना कर्मचारीहरुमा समेत कोरोना संक्रमणको पुष्टि भइसकेको साथै सेवाग्राहीको भिडभाड अत्यधिक बढेको भन्दै यस्तो निर्णय गरेको हो ।
“कार्यालयबाटै कोभिड–१९ को संक्रमण सेवाग्राहीमा समेत फैलिन सक्ने जोखिम रहेका कारण अर्को सूचना नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालयबाट हाल प्रवाह भइरहेका सेवाहरु तपशिल बमोजिम हुने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ ।”, सूचनामा उल्लेख छ ।
शान्ति सुरक्षा सम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी सम्बन्धी सेवा, मुद्दाको सुनुवाइ सम्बन्धी सेवा र विपद् व्यवस्थापन सम्बन्धी सेवा बाहेकका सबै काम, कारबाही स्थगित गरिएको छ ।











