भारतमा कोरोना संक्रमितको संख्या ७२ लाख नाघ्यो
काठमाडौं, असोज २८ : भारतमा कोरोना संक्रमितको संख्या ७२ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा थप ६३ हजार ५ सय १७...
काठमाडौं, असोज २८ : भारतमा कोरोना संक्रमितको संख्या ७२ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा थप ६३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ७२ लाख ३७ हजार ८२ पुगेको हो ।
संक्रमितमध्ये अहिलेसम्म ६२ लाख ९८ हजार ७०५ जना संक्रमणमुक्त भएका छन् । ८ लाख २७ हजार ८६० जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख १० हजार ६१७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ थप ७२३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
प्रकाशित मिति: १३:११ बजे, बुधबार, असोज २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











