Kathmandu Press

चितवनमा गरिएको परीक्षणमा ३३ जनामा कोरोना पोजेटिभ 

काठमाडौं, असोज २८ : चितवनमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।भरतपुर अस्पताल कोभिड १९ ल्याबमा गरिएको २५२ वटा नमुनामध्ये ३३...
चितवनमा गरिएको परीक्षणमा ३३ जनामा कोरोना पोजेटिभ 

काठमाडौं, असोज २८ : चितवनमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड १९ ल्याबमा गरिएको २५२ वटा नमुनामध्ये ३३ वटा नमुनामा पोजेटिभ आएको भरतपुर अस्पतालले जनाएको छ । अस्पतालले मंगलबार साँझ एक बिज्ञप्ति जारी गर्दै संक्रमण पुष्टि भएको बताएको छ ।

संक्रमितमध्ये २९ जना चितवनका रहेका छन् भने कास्की, नवलपरासी, र सुर्खेत जिल्लाका एक एक जना रहेका छन् ।

असोज २६ गते सोमबार नमुना संकलन गरिएका उनीहरुको हिजो रिपोर्ट आएको हो । 

प्रकाशित मिति: १२:४७ बजे, बुधबार, असोज २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्