Kathmandu Press

लुम्बिनी प्रदेशकी उपसभामुखसहित ३५ जनामा कोरोना संक्रमण

लुम्बिनी प्रदेशकी उपसभामुखसहित ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 
लुम्बिनी प्रदेशकी उपसभामुखसहित ३५ जनामा कोरोना संक्रमण

बुटवल, असोज २७ :  लुम्बिनी प्रदेशकी उपसभामुखसहित ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

मंगलबार साँझ आएको स्वाब परीक्षणको रिपोर्ट अनुसार उपसभामुख कृष्णी थारुसहित सचिवालयका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोना संक्रमण पुष्टि भएकाहरुमा सचिव, लेखा अधिकृत, स्वास्थ्य निरीक्षक, ८ जना मर्यादापालक  र सात जना सुरक्षाकर्मी रहेको स्वास्थ्य निरीक्षक डिलाराम भुसालले  जानकारी दिए। 

यसअघि सभामुख पूर्णबहादुर घर्ती, कानूनमन्त्री कुलप्रसाद केसी लगायतमा पनि कोरोना संक्रमण पुष्टि भएपछि प्रदेशसभा सचिवालयमा कार्यरत ९५ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो। तीमध्ये १० जनाको भने रिपोर्ट आउन बाँकी छ।
 

प्रकाशित मिति: ०२:१४ बजे, बुधबार, असोज २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्