Kathmandu Press

पीसीआरभन्दा छिटो नतिजा दिने एन्टीजेन किटमार्फत कोरोना परीक्षणको अनुमति, शुल्क एक हजारमात्रै  

काठमाडौं, असोज २७ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर भन्दा छिटो नतिजा दिने एन्टिजेन किटमार्फत कोरोना परीक्षण गर्न अनुमति दिएको छ। मन्त्रालयका प्रवक्ता डा....
पीसीआरभन्दा छिटो नतिजा दिने एन्टीजेन किटमार्फत कोरोना परीक्षणको अनुमति, शुल्क एक हजारमात्रै  

काठमाडौं, असोज २७ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर भन्दा छिटो नतिजा दिने एन्टिजेन किटमार्फत कोरोना परीक्षण गर्न अनुमति दिएको छ। 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड–१९ राष्ट्रिय टेस्टिङ गाइडलाइनलाई चौथो पटक संशोधन गरी कोरोना परीक्षणमा एन्टिजेन किट प्रयोग गर्न सकिने स्वीकृति प्रदान गरेको जानकारी दिए। 

‘कोभिड–१९ राष्ट्रिय टेस्टिङ गाइडलाइनमा भएको चौथो संशोधन स्वीकृत भएको छ। यो संशोधनले कोरोना परीक्षणमा एन्टिजेन किट प्रयोग गर्न बाटो खुलेको छ,’ गौतमले भने, ‘एन्टिजेन्ट किट प्रयोग गरी कोरोना परीक्षण गर्न राष्ट्रिय प्रयोगशालाले अनुमति दिएका प्रयोगशालाहरुले पाउनेछन्। स्वास्थ्य सेवा विभाग र एफडिएबाट स्वीकृति प्राप्त किट मात्रै प्रयोग गर्न पाइनेछ।’ 

गौतमले एन्टिजेन किटमार्फत कोरोना परीक्षण गर्दा अधिकतम एक हजारमात्रै शुल्क लिने व्यवस्था गरिएको बताए। उनले शुल्क समयानुकुलरुपमा परिमार्जन गर्दै लगिने बताए। ‘धेरै भिडभाड हुने ठाउँमा र धेरै जनालाई छिटो रिपोर्ट आउने गरी परीक्षण गर्न सकिन्छ। अर्जेन्ट रिपोर्ट चाहिएको खण्डमा पनि यो उपयोगी हुने देखिन्छ,’ डा. गौतमले  भने, ‘धेरै मानिस बस्ने ब्यारेक लगायतका स्थान र अप्रेशन गर्नुपर्ने बिरामीको कोरोना परीक्षण गर्नुपरेमा यो १० मिनेटमा रिपोर्ट आउने भएकाले उपयुक्त हुनेछ।’

पीसीआर र एन्टीजेन परीक्षणमा के फरक छ ?

हालसम्म विश्वभर पीसीआर (पोलिमेरास चेन रियाक्सन) परीक्षणलाई कोरोनाको भाइरस पत्ता लगाउने भरपर्दो विधिको रुपमा मानिन्छ।

यो परीक्षणमा जेनेटिक मेटेरियललाई एक स्वाब स्याम्पलबाट अलग गरिन्छ। केमिकल्सको प्रयोगले प्रोटिन र फ्याटलाई जेनेटिक मेटेरियलबाट हटाएर नमूनालाई मलिकुलर ल्याबमा एनालाइसिसका लागि राखिन्छ। यसले स्वाबमा भाइरस छ कि छैन भन्ने प्रष्टसँग देखाउँछ।

तर, पीसीआर परीक्षण कम्तिमा पनि ७ घण्टा समय लाग्छ। स्वाबको तामक्रमलाई निश्चित डिग्री तापक्रम तल र माथि गरेर भाइरस हेर्ने गरिन्छ। पीसीआरमा रिएजेन्टको पनि तापक्रम कामय राख्नुपर्ने हुन्छ भने स्वाब कलेक्सनको पनि तोकिएको मापदण्ड पूरा गर्नुपर्ने हुन्छ।
एन्टीजेन परीक्षणले भने मानिसको शरीरमा भएको प्रोटिनलाई अलग गर्छ।

यो परीक्षणमा ५ देखि १० मिनेटभित्र रिपोर्ट निकाल्न सकिन्छ। तर, यो टेष्टको विश्वसनीयता पीसीआर परीक्षणको जति भने हुँदैन। यसको एक्युरेन्सी रेट पीसीआरको भन्दा कम हुन्छ। यसको प्रयोग मुख्यरुपमा हट स्पट एरियामा छिटो धेरै जनाको रिपोर्टका लागि गर्ने गरिन्छ।

परीक्षणको दायरा बढाउन विभिन्न देशले सस्तो र चाँडो नतिजा दिने एन्टीजेन टेष्टलाई अनुमति दिएका छन्। भारतको मेडिकल रिसर्च संस्था इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले दक्षिण कोरिया, भारत र बेल्जियममा विकसित भएका तीन एन्टीजेन टेष्टलाई अनुमति दिएको छ। यस्तै, अमेरिका र क्यानडामा समेत यसको प्रयोग भइरहेको छ। आईसीएमआरले गरेको एक अध्ययन अनुसार यो टेष्टको सही नेगेटिभ नतिजा दिने एक्युरेसी रेट ५० देखि ८४ प्रतिशतबीचमा छ।

बेलायतमा आमरुपमा प्रयोग हुने र्या पिड टेष्टमा गल्तीको मार्जिन २० प्रतिशत छ। तर, अक्सफोर्डले विकसित गरेको टेष्ट किटले भने ९८ प्रतिशतसम्म पोजेटिभ केस पत्ता लगाउने गरेको बताइएको छ। यसलाई स्वतन्त्र रुपमा रिसर्चर र हेल्थ एक्सपर्टले चेक गरेका थिए।
विश्व स्वास्थ्य संगठनल र युएस फुड ड्रग एडमिनिस्ट्रेशनले यदि कुनै र्याोपिड टेष्टको नतिजा नेगेटिभ आएमा पीसीआर परीक्षण गर्नुपर्ने बताएका छन्।
 

प्रकाशित मिति: २२:२५ बजे, मंगलबार, असोज २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्