Kathmandu Press

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु

काठमाडौं, असोज २७ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १८ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको...
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु
फाइल तस्वीर।

काठमाडौं, असोज २७ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १८ जनाको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ६६३ पुगेको छ। 

यस्तै, म‌ंगलबार नेपालमा थप ३५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता डा‍‍. गौतमले जानकारी दिए। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ। संक्रमितमध्ये ७८ हजार ७८० जना निको भएर घर फर्किएका छन्।

प्रवक्ता गौतमका अनुसार मंगलबार कोरोनालाई जितेर १५०३ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रकाशित मिति: २२:१३ बजे, मंगलबार, असोज २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्