थप ३५५६ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप ३५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
काठमाडौं, असोज २७ : नेपालमा थप ३५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप ३५५६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ। संक्रमितमध्ये ७८ हजार ७८० जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ६६३ जनाको मृत्यु भएको छ।
प्रवक्ता गौतमका अनुसार मंगलबार कोरोनालाई जितेर १५०३ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।
प्रकाशित मिति: २२:०१ बजे, मंगलबार, असोज २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











