Kathmandu Press

कोरोना कहरमा कसरी मनाउने दशैं ? यस्तो छ स्वास्थ्य मन्त्रालयको मापदण्ड

काठमाडौं, असोज २७ : दशैं, तिहार लगायतका चाडपर्व नजिकिँदै जाँदा  देशभर कोरोना संक्रमितको संख्या अझ थपिन सक्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्।चाडपर्वका...
कोरोना कहरमा कसरी मनाउने दशैं ? यस्तो छ स्वास्थ्य मन्त्रालयको मापदण्ड

काठमाडौं, असोज २७ : दशैं, तिहार लगायतका चाडपर्व नजिकिँदै जाँदा  देशभर कोरोना संक्रमितको संख्या अझ थपिन सक्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्।

चाडपर्वका समयमा मानिसहरुले यात्रा गर्दा कोरोना दूरदराजका गाउँसम्म फैलिन सक्ने उनीहरुको चिन्ता छ। दशैं नजिकिँदै जाँदा बजार, पसलमा भिडभाड बढ्न थालेको छ। यस्तै, काठमाडौं उपत्यकाबाट दशैं मान्न घर जाने क्रम समेत सुरु भएको छ। तर, विज्ञहरुले भने दशैंको समयमा उपत्यकामा रहेका मानिसहरुलाई यात्रा गर्न नदिनु नै उपयुक्त हुने बताइरहेका छन्। 

‘पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढी देखिएको छ। यस्तो बेलामा मानिसहरुलाई यात्रा गर्न दिँदा गाउँ–गाउँसम्म कोरोना पुग्ने खतरा देखिन्छ,’ संक्रामक रोग विशेषज्ञ डा. ल्हामो याङ्चेन शेर्पा भन्छिन्, ‘दशैंमा अग्रजसँग टीका थाप्ने हाम्रो परम्परा छ। यसले वृद्धवृद्धालाई थप जोखिममा पार्छ।’ 

साथै कोरोनाको सुरुवातदेखि नै मानिसमा कोरोना सामान्य रुघाखोकीमा सीमित नरहेको जनचेतना फैलाउन सकेको भए उनीहरु चाडपर्वको समयमा सजग हुने उनको भनाइ छ। तर, उच्चपदस्थ अधिकारीले नै कोरोनालाई सामान्य रुपमा बयान गर्दा अहिले कोरोना फैलिएको उनको भनाइ छ। 

‘कोरोना सामान्य रुघाखोकी जस्तै हो। बेसार पानी खाए निको हुन्छ भन्दै सान्त्वना दिइयो,’ उनले भनिन्,‘तर त्यसले गर्दा मानिसमा कोरोना लागेमा केही हुँदैन भन्ने भ्रम पैदा भयो।’

के गर्दैछ मन्त्रालय ?

स्वास्थ्य मन्त्रालयले भने दशैंको समयमा ओहोरदोहोर नगर्न आग्रह गरिरहेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जो जहाँ छौं, त्यहीँ बसेर दशैं मनाउन आग्रह गरिरहेका छन्। यस्तै, दशैंको समयमा शक्तिपिठमा हुने भिडभाडलाई ध्यानमा राखेर प्रवक्ता गौतमले मन्दिरमा पूजारी मात्रै बोलाएर नित्य पूजा गर्न गराउन आग्रह गरेका छन्। 

यसबाहेक मन्त्रालयले गत साउनमै ‘कोभिड–१९ को सन्दर्भमा चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड, २०७७’ स्वीकृत गरेको छ। मन्त्रालयले जारी गरेको मापदण्डमा सबै किसिममा चाडपर्व, जात्रा तथा उत्सवमा एउटै घरमा बसोबास गर्ने घरपरिवारका व्यक्तिबाहेक अन्यसँग भेटघाट कम गर्न र भेटघाट गर्ने पर्ने भए दुई मिटरको दूरी कायम गर्न भनिएको छ।

धार्मिक स्थलमा हुने भेला कार्यक्रममा बढीमा २५ जना मात्रै भेला हुने, रेलिङ बार र देवीदेवताका मूर्ति नछुन, आँखा, नाक र मुख सकेसम्म नछुन मापदण्डमा भनिएको छ।  

यस्तो छ मापदण्ड  


 

प्रकाशित मिति: २१:४५ बजे, मंगलबार, असोज २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्