सुदूरपश्चिममा ३६ नमुना परीक्षण गर्दा २५ जनामा कोरोना
डडेल्धुरा, असोज २७ : सुदूरपश्चिममा मंगलबार थप २५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा नयाँ संक्रमित थपिएका हुन्।...
डडेल्धुरा, असोज २७ : सुदूरपश्चिममा मंगलबार थप २५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा नयाँ संक्रमित थपिएका हुन्। मंगलबार ३६ नमूना परीक्षण गर्दा २५ नमुना पोजिटिभ देखिएको प्रयोगशाला इन्चार्ज ईश्वरी भुषालले बताए।
आज थपिएका संक्रमितमा डडेल्धुराका १९ र बैतडीका ६ जना रहेका छन्। डडेल्धुराको परशुराम नगरपालिकाका १७ जना र नवदुर्गा गाउँपालिकाका दुई जना रहेका छन्।
त्यस्तै, बैतडीको पाटन नगरपालिकामा ६ जना संक्रमित रहेका अस्पतालले जनाएको छ।
प्रकाशित मिति: १९:४३ बजे, मंगलबार, असोज २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











