Kathmandu Press

जोगिने भयो मुख्यमन्त्री शाहीको पद

काठमाडौं, असोज २७ : कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिने भएको छ। अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरुमध्ये केहीले निर्णय फिर्ता लिन सहमति जनाएपछि...
जोगिने भयो मुख्यमन्त्री शाहीको पद

काठमाडौं, असोज २७ : कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिने भएको छ। अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरुमध्ये केहीले निर्णय फिर्ता लिन सहमति जनाएपछि मुख्यमन्त्री शाहीकी पद जोगिने भएको हो।

केन्द्रबाट नेता माधव नेपालले आफ्ना प्रतिनिधि पठाएर विवाद समाधान गर्न पहल गरेका थिए। नेपाल पक्षधरका नेताहरुले हस्ताक्षर फिर्ता गर्ने भएका हुन्। १८ जनाले हस्ताक्षर गरेकोमा सात जना सांसद निर्णय फिर्ता लिन तयार भएका हुन्। 

संसदीय दलका नेता शाहीविरुद्ध गत आइतबार नेकपाकै १८ सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। यसैबीच नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले मुख्यमन्त्री शाहीविरुद्ध थप कदम नचाल्न सुझाव दिएका छन्।

उपनेता नेम्वाङले प्रदेश सांसद यामलाल कँडेललाई टेलिफोन सम्पर्क गरी शाहीविरुद्ध कुनै पनि कदम नचाल्न र पार्टीका अध्यक्षद्वय छलफलमा रहेकाले आगामी कदमका लागि निर्णय कुर्न सुझाव दिएका थिए।

प्रकाशित मिति: १९:२५ बजे, मंगलबार, असोज २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्