जोन्सन एन्ड जोन्सन कम्पनीले रोक्यो कोरोनाविरुद्धको खोपको क्लिनिकल परीक्षण
काठमाडौं, असोज २७ : परीक्षण गरिएका एक व्यक्ति गम्भीर बिरामी भएपछि अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनले कोरोनाविरुद्धको खोपको क्लिनिकल ट्रायल अस्थायी रूपमा रोकेको...
काठमाडौं, असोज २७ : परीक्षण गरिएका एक व्यक्ति गम्भीर बिरामी भएपछि अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनले कोरोनाविरुद्धको खोपको क्लिनिकल ट्रायल अस्थायी रूपमा रोकेको छ।
क्लिनिकल परीक्षणमा सहभागी एक व्यक्ति बिरामी देखिएको भन्दै सोमबार कम्पनीले तत्कालका लागि क्लिनिकल ट्रायल रोक्ने निर्णय गरेको हो।
कम्पनीले गोपनीयताको लागि भन्दै बिमारीबारे थप खुलाउन चाहेको छैन। कम्पनीले दशौं–हजार सहभागी हुने यस्ता ठूला परीक्षण तत्कालका लागि रोकिनु सामान्य भएको बताएको छ।
यसअघि सेप्टेम्बरमा आष्ट्राजेनेकाको ट्रायल पनि यसैगरी रोकिएको थियो। खोप परीक्षणमा सहभागी भएका बेलायती व्यक्तिमा अस्पष्ट बिमारी देखिएको भन्दै उसले ट्रायल रोकेको थियो। यद्यपी अहिले बेलायत, ब्राजिल, दक्षिण अफ्रिका र भारतमा परीक्षण पुन सुरू भइसकेको छ।
तेस्रो चरणमा पुगेको चार वटा खोपमध्ये जोन्सन एन्ड जोन्सनको खोप पनि एक हो।











