कोरोना विशेष अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु
काठमाडौं, असोज २७ : बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका–३ का ७२ वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार बिहान...
काठमाडौं, असोज २७ : बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
बुटवल उपमहानगरपालिका–३ का ७२ वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।
आइसियूमा उपचाररत पुरुषमा असोज २ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनमा ज्वरो आउनुको सार्थ श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालले जनाएको छ।
प्रकाशित मिति: १८:४५ बजे, मंगलबार, असोज २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











