लुम्बिनी प्रदेश लेखा समितिका सभापति चौधरीलाई कोरोना संक्रमण पुष्टि
काठमाडौं, असोज २७ : लुम्बिनी प्रदेशका लेखा समितिका सभापतिलाई कोरोना संक्रमण पुष्टि भएको छ। बाँकेस्थित भेरी अस्पतालमा गरिएको परीक्षणमा सभापति डिल्लीबहादुर चौधरीलाई संक्रमण...
काठमाडौं, असोज २७ : लुम्बिनी प्रदेशका लेखा समितिका सभापतिलाई कोरोना संक्रमण पुष्टि भएको छ। बाँकेस्थित भेरी अस्पतालमा गरिएको परीक्षणमा सभापति डिल्लीबहादुर चौधरीलाई संक्रमण पुष्टि भएको हो।
निमिनिया र सुगरको समस्या देखिएपछि उनी दुई दिन अघि भेरी अस्पताल भर्ना भएका थिए।
आइसियूमा भर्ना भएका चौधरीको स्वास्थ्यमा क्रमिक सुधार आएको अस्पतालले जनाएको छ।
चौधरीका चालक र सुरक्षाकर्मीलाई पनि केही दिन अघि संक्रमण पुष्टि भएको थियो।
यसअघि लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती, काननुमन्त्री कुलबहादुर केसीलगायतलाई संक्रमण पुष्टि भइसकेको छ।
प्रकाशित मिति: १७:१३ बजे, मंगलबार, असोज २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1791956922.jpg)




-1791956922.jpg)

