Kathmandu Press

चितवनमा ७८ वर्षीय बृद्धको कोरोना संक्रमणबाट मृत्यु

भरतपुर, असोज २७ : कोरोना भाइरसको संक्रमणबाट चितवनमा एक जना बृद्धको मृत्यु भएको छ।भरतपुर महानगरपालिका–१० का ७८ वर्षीय बृद्धको गएराति चितवन मेडिकल कलेजमा...
चितवनमा ७८ वर्षीय बृद्धको कोरोना संक्रमणबाट मृत्यु

भरतपुर, असोज २७ : कोरोना भाइरसको संक्रमणबाट चितवनमा एक जना बृद्धको मृत्यु भएको छ।

भरतपुर महानगरपालिका–१० का ७८ वर्षीय बृद्धको गएराति चितवन मेडिकल कलेजमा मृत्यु भएको छ। उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

उनलाई असोज २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो। होम आइसोलेसनमा बसेका उनको स्वास्थ्यमा समस्या देखिएपछि असोज २४ गते अस्पताल भर्ना गरिएको थियो।

उनलाई आईसीयूमा राखेर उपचार भइरहेको थियो। उपचारका क्रममै मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले बताए।

उनी क्यान्सरबाट पीडित थिए। प्रोस्टेट क्यान्सरका कारण समस्या देखिएपछि आईसीयूमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ।

योसँगै चितवन मेडिकल कलेजमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ।

 

प्रकाशित मिति: १६:३५ बजे, मंगलबार, असोज २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्