Kathmandu Press

बीपी प्रतिष्ठानमा अहिलेसम्म कोरोनाबाट ५० जनाको मृत्यु

धरान, असोज २७ : कोरोना भाइरसको संक्रमणकाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गुमाउनेको संख्या ५० पुगेको छ।मंगलबार प्रष्ठिानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले...
बीपी प्रतिष्ठानमा अहिलेसम्म कोरोनाबाट ५० जनाको मृत्यु

धरान, असोज २७ : कोरोना भाइरसको संक्रमणकाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गुमाउनेको संख्या ५० पुगेको छ।

मंगलबार प्रष्ठिानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले अहिलेसम्मको अवस्थाबारे जानकारी दिएका छन्। उपचारका क्रममा ५० जनाको मृत्यु भएको बताउँदै अहिले ५२ जना कोरोना संक्रमितको उपचार भइरहेको जानकारी दिए। त्यस्तै, तीन जना शंकास्पद बिरामीको उपचार भइरहेको जनाएको छ।

मंगलबार बिहानसम्म प्रतिष्ठानको ल्याबमा ५८ हजार दुई सय २५ नमुना परीक्षण गरिएको छ। जसमध्ये तीन हजार नौ सय ३१ जनाको रिपोर्ट पोजिटिभ आएको र ५३ हजार ६ सय ५४ जनाको रिपोर्ट नेगेटिभ आएको उनले बताए। पछिल्लो २४ घन्टामा मात्रै ६ सस ५१ नमुना परीक्षण गर्दा दुई सय ९५ जनामा कोरोना पुष्टि भएको छ।

त्यस्तै, देशभर कोरोना संक्रमितको संख्या एक लाख ११ हजार आठ सय दुई पुगेको छ। यसमध्ये ६ सय ४५ जनाको मृत्यु भएको छ भने ७७ हजार दुई सय ७७ जना निको भएका छन्। अहिले ३८ हजार आठ सय ८० जना सक्रिय संक्रमित छन्।

प्रकाशित मिति: १६:१८ बजे, मंगलबार, असोज २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्