Kathmandu Press

कोरोना संक्रमणबाट तनहुँमा तीन बाबुछोराको मृत्यु

तनहुँ, असोज २७ : कोरोना भाइरसको संक्रमणबाट तनहुँमा एकै परिवारका तीन जनाको ज्यान गएको छ। एक सातामै बाबु र दुई छोराको मृत्यु भएको...
कोरोना संक्रमणबाट तनहुँमा तीन बाबुछोराको मृत्यु

तनहुँ, असोज २७ : कोरोना भाइरसको संक्रमणबाट तनहुँमा एकै परिवारका तीन जनाको ज्यान गएको छ। एक सातामै बाबु र दुई छोराको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

जिल्ला स्वास्थ्य कार्यालय, तनहुँका अनुसार भीमाद नगरपालिका ६ का धर्मकुमार श्रेष्ठ र उनका दुई छोराको कोरोनाबाट मृत्यु भएको हो। कोरोना संक्रमित ९८ वर्षीय धर्मकुमारको आइतबार काठमाडौंको मेडिसिटी अस्पतालमा मृत्यु भएको थियो।

उनी बिरामी भएपछि चितवन मेडिकल कलेज लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौं लगिएको थियो।

यस अघि कोरोना संक्रमणबाट उनका साइला छोरा बिष्णुकुमार श्रेष्ठको असोज १८ गते मृत्यु भएको थियो। त्यस्तै, माइला छोरा कृष्णकुमार श्रेष्ठको असोज २४ मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

उनको परिवारका अन्य चार जनामा पनि कोरोना संक्रमण देखिएको छ। उनकी पत्नीको काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै, जेठा छोरा रामकुमारको काठमाडौंकै ह्याम्स अस्पतालमा उपचार चलिरहेको छ।

त्यस्तै, रामकुमारकी बुहारीमा पनि कोरोना देखिएको छ। उनी होम आइसोलेसनमा छिन्। रामकुमारका कान्छा छोरा अमृतमा पनि कोरोना देखिएको थियो। उनी भने असोज १७ गते कोरोनामुक्त भइसकेका छन्।

रामकुमारलाई उपचारका लागि चितवन मेकिडल कलेज लग्दा कोरोना संक्रमण फैलिएको आफन्तजनको भनाइ छ। स्वास्थ्य कार्यालयका अनुसार चितवन जानुअघि उनको परिवार तथा गाउँका कुनै पनि व्यक्तिमा कोरोना सक्रमण देखिएको थिएन्।

प्रकाशित मिति: १५:३४ बजे, मंगलबार, असोज २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्