Kathmandu Press

चितवनमा गरिएको परीक्षणमा थपिए ३४ जना संक्रमित

चितवन, असोज २७ : चितवनमा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड १९ ल्यावमा गरिएको २५२ जनाको...
चितवनमा गरिएको परीक्षणमा थपिए ३४ जना संक्रमित

चितवन, असोज २७ : चितवनमा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड १९ ल्यावमा गरिएको २५२ जनाको स्वाब परीक्षणमा ३४ जनामा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालाले जनाएको छ ।

संक्रमितमध्ये ३२ जना चितवनका हुन् भने बाँकी २ जना सर्लाही र नवलपरासीका पुरूष छन् । संक्रमित हुनेहरू १५ वर्षीय किशोरदेखि ६६ वर्षका पुरूषसम्म छन् ।

भरतपुर अस्पतालले सोमबार राति सार्वजनिक गरेको परीक्षण रिपोर्ट अनुसार भरतपुरका १९ पुरूष र ८ महिलामा संक्रमण पुष्टि भएको छ । यस्तै माडी कि १ महिला, खैरहनीका १ पुरूष,  रत्ननगरका २ पुरूष र इच्छाकामनाका १ पुरूषमा संक्रमण पुष्टि भएको हो । 

प्रकाशित मिति: १३:१० बजे, मंगलबार, असोज २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्