अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको निर्देशन- आकस्मिक बाहेकका शल्यक्रिया नगर्नू
काठमाडौं, असोज २६ : सरकारले काठमाडौं उपत्यकाका सबै अस्पताललाई आकस्मिक बाहेकका सबै शल्यक्रिया तत्कालका लागि स्थगित गर्न निर्देशन दिएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या...
काठमाडौं, असोज २६ : सरकारले काठमाडौं उपत्यकाका सबै अस्पताललाई आकस्मिक बाहेकका सबै शल्यक्रिया तत्कालका लागि स्थगित गर्न निर्देशन दिएको छ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले कोभिडका बिरामी बढ्दै गएकाले हाललाई आकस्मिक बाहकेका सबै शल्यक्रिया हाललाई स्थगित गर्न काठमाडौं उपत्यकाका अस्पतालहरुलाई निर्देशन दिएका हुन्।
उनले कोरोना संक्रमण नियन्त्रण हुन थालेपछि मात्रै नियमित शल्यक्रिया गर्न पाउने गरी अस्पताललाई निर्देशन दिएको बताए।
‘नियमित शल्यक्रिया हाललाई स्थगन गर्दा यसले कोरोना संक्रमणका बिरामीलाई अस्पतालमा बेड, आईसीयू र भेन्टिलेटर उपलब्धतामा सघाउ पुग्छ,’ उनले भने,‘त्यसैले अस्पतालहरुलाई आकस्मिक बाहेकका शल्यक्रिया रोक्न निर्देशन दिएका हौं।’
यस्तै, काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय भएको प्रवक्ता डा. गौतमले जानकारी दिए।




-1791956922.jpg)




-1791956922.jpg)

