Kathmandu Press

मोरङमा सोमबार थपिए २२३ जना कोरोना संक्रमित

मोरङमा सोमबार थपिए २२३ जना कोरोना संक्रमित

काठमाडौं, असोज २६ : मोरङमा थप २२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सोमबार गरिएको परीक्षणमा मोरङमा थप २२३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। थपिएका नयाँ संक्रमितमध्ये १३८ जना पुरुष र ८५ जना महिला रहेका छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या  १ लाख ११ हजार ८०२ पुगेको छ। संक्रमितमध्ये ७७ हजार २७७ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ६४५ जनाको मृत्यु भएको छ।  
 

प्रकाशित मिति: २२:२७ बजे, सोमबार, असोज २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्