Kathmandu Press

सुनसरीमा थप २४९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असोज २६ : सुनसरीमा थप २४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार गरिएको परीक्षणमा सुनसरीमा थप २४९ जनामा कोरोना संक्रमण पुष्टि...
सुनसरीमा थप २४९ जनामा कोरोना संक्रमण पुष्टि
फाइल तस्वीर।

काठमाडौं, असोज २६ : सुनसरीमा थप २४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सोमबार गरिएको परीक्षणमा सुनसरीमा थप २४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। थपिएका नयाँ संक्रमितमध्ये १४३ जना पुरुष र १०६ जना महिला रहेका छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या  १ लाख ११ हजार ८०२ पुगेको छ। संक्रमितमध्ये ७७ हजार २७७ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ६४५  जनाको मृत्यु भएको छ।  

प्रवक्ता गौतमका अनुसार सोमबार कोरोनालाई जितेर १४७३  जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रकाशित मिति: २२:२५ बजे, सोमबार, असोज २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्