Kathmandu Press

थप ४०४७ जना कोरोना संक्रमण पुष्टि 

नेपालमा थप ४०४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
थप ४०४७ जना कोरोना संक्रमण पुष्टि 
सांकेतिक तस्वीर।

काठमाडौं, असोज २६ : नेपालमा थप ४०४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप ४०४७  जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ। संक्रमितमध्ये ७७ हजार २७७ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ६४५ जनाको मृत्यु भएको छ।  

प्रवक्ता गौतमका अनुसार सोमबार कोरोनालाई जितेर १४७३ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रकाशित मिति: २२:०४ बजे, सोमबार, असोज २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्