क्यानको साधारणसभा अनिश्चितकालका लागि स्थगित
काठमाडौं, असोज २६ : नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभा स्थगित भएको छ। कोरोना संक्रमण बढ्दै गएपछि आगामी २८ र २९ असोजका लागि तय...
काठमाडौं, असोज २६ : नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभा स्थगित भएको छ।
कोरोना संक्रमण बढ्दै गएपछि आगामी २८ र २९ असोजका लागि तय भएको साधारणसभा स्थगित गरिएको हो। संघका अध्यक्ष चतुरबहादुर चन्दले सोमबार विज्ञप्ति जारी गरी संघको साधारणसभा स्थगित गरिएको बताएका छन्।
‘गत असोज ६ मा चितवनमा बसेको बोर्डको बैठकले २८ र २९ असोजमा साधारण सभा गर्ने निर्णय गरेको थियो। तर, संघका केही पदाधिकारीसँगै केन्द्रीय कार्यसमिति सदस्यहरु कोभिड-१९ को संक्रमणका कारण आइसोलेसनमै रहनुभएको हुँदा हाललाई उक्त साधारणसभा अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगित गरिएको जानकारी गराउन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ।
हेर्नुस् विज्ञप्ति :
प्रकाशित मिति: २१:५२ बजे, सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











