अविश्वासको प्रस्ताव आएपछि मुख्यमन्त्री शाहीले हटाए प्रमुख सचेतक
नेकपाको कर्णाली प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाउँदै सीता नेपालीलाई नियुक्ति गरिएको छ।
वीरेन्द्रनगर, असोज २६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कर्णाली प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाउँदै सीता नेपालीलाई नियुक्त गरिएको छ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शाहलाई हटाउँदै नेपालीलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन्। आफूविरुद्धको अविश्वासको प्रस्ताव संसदीय दलमा छलफल गराउन बैठक बोलाउने तयारी गरेका शाहलाई उनले सचेतकबाट हटाएका हुन्।
प्रमुख सचेतकका रूपमा सन्तोषजनक काम कारबाही नगरेकाले उनलाई हटाइएको शाहीको प्रष्टिकरण छ। ‘प्रदेशसभा दलको विधान ७ बमोजिम प्रदेश सभा प्रमुख सचेतकमा नियुक्त गरिएकोमा तपाईंका काम कारबाही सन्तोषजनक नभएकाले जिम्मेवारबाट मुक्त गरिएको छ,’ संसदीय दलका नेता शाहीले लेखेको पत्रमा भनिएको छ।
आइतबार मुख्यमन्त्री शाहीविरूद्ध पूर्वमाओवादीका तीनसहित १८ जना सांसदले अविश्वासको प्रस्ताव पेश गरेका थिए। उक्त प्रस्ताव तत्कालीन संसदीय दलका प्रमुख सचेतक शाहलाई बुझाइएकोमा उनले आइतबार नै दर्ता गराएका थिए।




-1791956922.jpg)




-1791956922.jpg)

