Kathmandu Press

नहरमा डुबेर एकको मृत्यु

सिरहा, असोज २६ : सिरहाको कर्जनहा नगरपालिकास्थित कमला नहरमा डुबेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कर्जन्हा नगरपालिका–५ निवासी ३५ वर्षीय कासिम...
नहरमा डुबेर एकको मृत्यु

सिरहा, असोज २६ : सिरहाको कर्जनहा नगरपालिकास्थित कमला नहरमा डुबेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कर्जन्हा नगरपालिका–५ निवासी ३५ वर्षीय कासिम सदा रहेको प्रहरीले जनाएको छ।

घर नजीकैको कमला नहरमा नुहाउन गएका सदा आइतबार साँझ बेपत्ता भएका थिए। खोजतलासका क्रममा आज बिहान सदाको शव फेला परेको इलाका प्रहरी कार्यालय बन्दीपुरले जनाएको छ। सदाको शव नहरको उत्तरपट्टि बालुवामा पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: २१:०८ बजे, सोमबार, असोज २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्