सुनसरीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
धरान, असोज २६ : सुनसरीमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत धरान...
धरान, असोज २६ : सुनसरीमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत धरान उपमहानगरपालिका–२ का ८९ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए।
उच्च रक्तचापका बिमारीसमेत रहेका वृद्धलाई असोज २३ गते कोभिड अस्पताल भर्ना गरिएको उनले बताए। शव व्यवस्थापन नेपाली सेनाले गरिरहेको प्रतिष्ठानले जनाएको छ।
प्रकाशित मिति: २०:५८ बजे, सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1791956922.jpg)




-1791956922.jpg)

