Kathmandu Press

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव अनिष्टको संकेत : भीम रावल 

काठमाडाैं, असाेज २६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्तावले अनिष्ट निम्ताउने उल्लेख गरेका...
मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव अनिष्टको संकेत : भीम रावल 

काठमाडाैं, असाेज २६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीमबहादुर रावलले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्तावले अनिष्ट निम्ताउने उल्लेख गरेका छन्। 

अविश्वासको प्रस्तावबारे आफ्नो धारणा ट्वीट गर्दै नेता रावलले पार्टीको स्थायी कमिटीले गरेको संघीय र प्रदेश सरकारको हेरफेरको निर्णय कार्यान्वयन नहुँदै प्रदेशका मुख्यमन्त्रीविरुद्ध भएको गतिविधिले अनिष्ट निम्त्याउने बताएका हुन्। 

स्थायी कमिटीका निर्णय कार्यान्वयन नहुँदै कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध पार्टीकै सांसदहरूले प्रस्ताव दर्ता गर्नु अनिष्टको संकेत भएकाले त्यसतर्फ नेतृत्वको गम्भीर हुन् ध्यानाकर्षण हुनुपर्ने उनको भनाइ छ।

‘नेकपा, स्थायी समितिले विधि र पद्धतिमा जोड दिँदै संघीय र प्रदेश सरकारमा हेरफेर गर्ने निर्णय गरेको थियो । निर्णय कार्यान्वयन नहुँदै कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध पार्टीकै सांसदहरूले प्रस्ताव दर्ता गर्नु अनिष्टको संकेत हुन सक्छ । समयमै नेतृत्वको गम्भीर ध्यान जाओस् । देशहित ठूलो हो,’नेता रावलले ट्वीटरमा लेखेका छन्।

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध आइतबार नेकपाका १८ सांसदले अविश्वासको प्रस्ताव संसदीय दलका दर्ता गराएका थिए। यो प्रस्ताव फिर्ता लिने विषयमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष केपी ओलीलाई समेत ध्यानाकर्षण गराइसकेका छन्। 

प्रकाशित मिति: २०:५३ बजे, सोमबार, असोज २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्