नोबेल शिक्षण अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु
मोरङ, असोज २६ : नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारत एक कोरोना संक्रमितको मृत्यु भएको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुषको उपचारको क्रममा...
मोरङ, असोज २६ : नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारत एक कोरोना संक्रमितको मृत्यु भएको छ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको अस्पताल प्रशासनका नारायण दाहालले जानकारी दिए।
मृतकलाई स्वास्थ्यमा समस्या भएपछि आइतबार उपचारका लागि अस्पतालमा ल्याइएको थियो। ती पुरुषले केही वर्षदेखि मिर्गौलाको नियमित डाइलोसिस गराउँदै आएका थिए।
योसहित प्रदेश १ मा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या एक सय ३ पुगको छ।
प्रकाशित मिति: १९:२९ बजे, सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1791956922.jpg)




-1791956922.jpg)

