Kathmandu Press

चिङदाओमा १२ जनामा कोरोना देखिँदा पूरै शहरकाे परीक्षण

काठमाडौं, असोज २६ : कोरोना भाइरसको संक्रमण देखिएपछि चीनले पाँच दिनमै एक शहरका सबै नागरिकको कोरोना परीक्षण गरेको छ।चीनको चिङदाउ शहरमा १२ जनालाई...
चिङदाओमा १२ जनामा कोरोना देखिँदा पूरै शहरकाे परीक्षण
पाँच दिनमा ९० लाख नगरवासीकाे परीक्षण गरिएकाे चीनकाे चिङदाउ शहर।

काठमाडौं, असोज २६ : कोरोना भाइरसको संक्रमण देखिएपछि चीनले पाँच दिनमै एक शहरका सबै नागरिकको कोरोना परीक्षण गर्ने भएकाे छ।

चीनको चिङदाओ शहरमा १२ जनालाई कोरोना भाइरसको संक्रमण देखिएपछि पूरै शहरका नागरिकको पीसीआर परीक्षण गर्न लागेकाे हाे। पाँच दिनमा शहरका ९० लाख नागरिकको परीक्षण गरिने चीनिया सञ्चारमाध्यमले जनाएका छन्।

विदेशबाट आएका केही व्यक्तिको कोरोना परीक्षण गरिएको थियो। उनीहरुमध्ये १२ जनामा कोरोना देखिएको थियो।

यसअघि कोरोना भाइरसको उद्मगस्थल वुहानमा पनि चीनले पूरै शहरका नागरिकको कोरोना परीक्षण गरिएको थियो। त्यतिवेला १० दिनमा एक करोड १० लाख मानिसको परीक्षण गरिएको थियो।

चीनको चिङदाओ नगरपालिकालको स्वास्थ्य आयोगले जारी गरेको सूचनामा विदेशबाट आएका १२ जनामा संक्रमण देखिएको जनाएको छ। जसमध्ये ६ जनामा कोरोनाको लक्षण देखिएको र ६ जनामा लक्षण नदेखिएको जनाएको छ।

ग्लोबल टाइम्सका अनुसार ति सबै संक्रमित एउटै अस्पतालसँग जोडिएका थिए। तैपनि चीनले पूरै शहरमा परीक्षण गरेको हो।

अहिले चीनले मास टेस्टिङ गर्ने रणनीति बनाएको छ। कुनै ठाउँमा पनि नयाँ संक्रमण देखिने वितिक्कै पूरै क्षेत्रमा परीक्षण गर्दै आएको छ। जसले गर्दा चीनमा कोरोना भाइरसको महामारी नियन्त्रणमा आएको छ।

संसारका अन्य देश कोरोना महामारीसँग जुधिरहेका वेला चीनमा भने सामान्य अवस्था रहेको छ। जबकी कोरोनाको सुरुआत चीनबाटै भएको थियो।

चिङदाओको स्वास्थ्य आयोगका अनुसार पूरै शहर परीक्षण गर्ने कार्यक्रम तय गरिएको छ। जसअनुसार, तीन वटा जिल्लामा तीन दिनमा गरि पूरै शहरमा पाँच दिनमा पीसीआर परीक्षण गरिनेछ।

स्वास्थ्यकर्मी र अस्पतालमा भर्ना भएका नयाँ बिरामीसहित एक लाख १४ हजार चार सय ८२ जना यस अघि नै नेगेटिभ देखिएका छन्।

कोरोना परीक्षणका लागि स्थानीय वासिन्दा आइतबार अबेर रातिसम्म लाइनमा लागेको भिडियो सार्वजनिक गरिएको थियो। परीक्षण बुद्ध राति ११ बजेसम्म खुला गरिएको थियो।

कोरोना संक्रमण देखिनु अघि एक साता विदा थियो। यो विदामा ४० लाख ४७ हजार मानिस चिङदाउको भ्रमणमा आएको नगरपालिकाको संस्कृति तथा पर्यटन ब्युरोले जनाएको छ।

ब्यापक रुपमा मास टेस्टिङ गर्दा नै चीनमा कोरोना नियन्त्रणमा आएको जनाएको छ। अहिलेसम्म चीनमा कोरोना संक्रमितको संख्या ८५ हजार सात सय ७८ पुगेको छ। जसमध्ये ८० हजार सात सय १४ जना निको भइसकेका छन्।

अहिलेसम्म चीनमा कोरोनाबाट चार हजार ६ सय ३४ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घन्टामा २१ जनामा मात्रै कोरोना देखिएको छ।

प्रकाशित मिति: १९:२१ बजे, सोमबार, असोज २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्